सलमानको फिल्मबाट निस्किए आयुष

रासस

आइतबार, ०८ जेठ २०७९, १४ : ०८
सलमानको फिल्मबाट निस्किए आयुष

काठमाडौं । बलिउडमा अभिनेता सलमान खानले  ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरिसकेका छन् । फिल्ममा उनको को-स्टार छिन् पूजा हेग्डे । फिल्ममा सलमानसँगै उनका ज्वाईं आयुष शर्मा आउने खबर थियो । यद्यपि अब त्यसो नहुने भएको छ । केही क्रिएटिभ डिफरेन्सेसका कारण आयुष प्रोजेक्टबाट अलग भएका छन् । फिल्मका एक सदस्यले बलिउड हंगामालाई फिल्ममा आयुष नहुने बताएका छन् । 

‘आयुष’ ले आफ्नो केही छायांकन समेत सकाएका थिए । उनले दिनभर जसो छायांकन गरे । यद्यपि प्रोडक्सन हाउससँग केही मत भिन्नताका कारण उनले प्रोजेक्टमा नरहने निर्णय लिएका छन्’ ती सदस्यले बलिउड हंगामालाई भनेका छन् । आयुषको करियरमा सलमानको सहयोग रहँदै आएको छ । लभ यात्री , अन्तिम लगायतका फिल्महरू सलमानले आयुषको लग निर्माण गरिदिएका हुन् । 

फिल्मको मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकन सेटबाट सलमानले केही दिन अगाडि आफ्नो लुक्सको बारेमा फ्यानहरूलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् । फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । 

फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैँले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो । यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए ।

प्रतिक्रिया दिनुहोस