तुइनबाट खाद्यान्न ढुवानी

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १३ : २५
तुइनबाट खाद्यान्न ढुवानी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी हुँदै आएको छ। कर्णाली नदीमा पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो।

जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगार्ड गाउँपालिकाको सलीसल्लाको कर्णाली नदीमा तुइनबाट खाद्यान्न ढुवानी गरिँदै आएको लिमिटेड हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।कर्णाली करिडोरको सलीसल्लासम्म नेपालगञ्ज र सुर्खेतबाट गाडीमा ढुवानी गरिएको खाद्यान्नलाई तुइन ढुवानी गरेर कर्णाली पारि तार्ने गरिएको उनकाे भनाइ छ।

खाद्यान्नलाई तुइनबाट ढुवानी गरी नयाँ गोदाम निर्माण गरेर राख्ने गरिएको छ। यसका लागि आठ जना कामदारलाई खाद्यान्न तुइनमा ढुवानी गर्ने जिम्मा लगाइएकाे छ।तुइन तरेको खाद्यान्नलाई ट्याक्टरबाट सलीसल्लामै निर्माण गरेको हेलिप्याड नजिकको गोदाममा राख्ने गरिएको छ। उक्त स्थानबाट भने हेलिकोप्टरबाट खाद्यान्न ढुवानी हुँदै आएको छ।

यसरी तुइनबाट पाँच हजारभन्दा बढी खाद्यान्न ढुवानी गर्नुपर्ने शाखाले जनाएको छ। शाखाको गोदामका लागि हवाइमार्गबाट खाद्यान्न ढुवानी हुनुपर्नेमा हवाइजहाजले खाद्यान्न ढुवानी गर्न छोडेपछि सप्लायर्स कम्पनीले उक्त उपाय अपनाउनु परेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस