ब्रिक्सलाई विस्तार गर्न चीनले राख्यो प्रस्ताव

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, १२ : ०५
ब्रिक्सलाई विस्तार गर्न चीनले राख्यो प्रस्ताव

काठमाडौं । चीनले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सलाई विस्तार गर्ने प्रस्ताव राखेको छ । अहिले यस समूहमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका छन् ।

चीनका परराष्ट्रमन्त्री वाङ यीले ब्रिक्सका समकक्षीहरूसँगको अन्लाइन बैठकमा विस्तारको प्रस्ताव राखेका हुन् । ‘ब्रिक्स विस्तार प्रक्रिया शुरू गर्ने, त्यसको विस्तारका लागि दायरा र कार्यविधिको खोजी गर्ने अनि सर्वसम्मति कायम गर्ने प्रस्ताव चीन राख्दछ,’ वाङले बताए । 

ब्रिक्सका परराष्ट्रमन्त्रीहरूको बैठकअघि चीनका राष्ट्रपति सी चिनपिङले सहकार्यलाई बलियो बनाउन आग्रह गरे । सीले यसअघि अर्जेन्टिना सरकारलाई ब्रिक्स शिखर सम्मेलनमा भाग लिन आमन्त्रण गरेका थिए । 

विश्व व्यापारको १६ प्रतिशत हिस्सा ब्रिक्सले ओगटेको छ । यहाँ विश्वको ४० प्रतिशतभन्दा बढी मानिस बसोबास गर्छन् ।

प्रतिक्रिया दिनुहोस