बलात्कार पीडितलाई न्‍याय माग्दै बालुवाटारमा धर्ना

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ११ : ४०
बलात्कार पीडितलाई न्‍याय माग्दै बालुवाटारमा धर्ना

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर धर्ना दिएका हुन् ।बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा शुक्रबार साँझ ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस