धनुषाको नगराइन नगरपालिकाको मेयरमा कांग्रेस निर्वाचित, उपमेयरमा एमाले

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ०३
धनुषाको नगराइन नगरपालिकाको मेयरमा कांग्रेस निर्वाचित, उपमेयरमा एमाले

जनकपुर । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका मेयर र नेकपा एमालेका उपमेयर निर्वाचित भएका छन्।

मेयरमा विनय कुमार यादव झिनो मतान्तरले निर्वाचित भएका हुन्। उनले ५ हजार ५५६ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रामबाबु पंजियारले ५ हजार ५१४ मत ल्याए।

यस्तै, उपमेयरमा भने एमालेकी राधा देवी यादव निर्वाचित भएकी छन्। उनले ५ हजार ७३० मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी रंजु कुमारी साहले ५ हजार ५२३ मत ल्याइन्।

नगराई नगरपालिका कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको गृह पालिका हो। उनको वडामा भने कांग्रेस पराजित भएको छ।

प्रतिक्रिया दिनुहोस