धनगढी । धनगढी उपमहानगरको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता कायमै गरेका छन्।
आज बिहान ७ बजेसम्मको मत गणनाअनुसार हमाल निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ९ हजार ५९० मतले अघि छन्। शनिबारदेखि मतगणना सुरू भएकोमा अहिलेसम्म ४२ हजार २३० गणना भएको छ। जसमा हमालले १९ हजार १४७ मत पाएका छन्।
यस्तै, सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७, नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०७ : ४२
लेखकबाट थप