गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन्। अध्यक्षमा निमा लामाले १६२४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी धन बहादुर गुरुङले १३११ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी लक्ष्मी गुरुङले १५६५ मत प्राप्त गर्दा उनकी प्रतिष्पर्धि नेपाली काँग्रेसकी मेतोक छोकी लामाले १३०७ मत प्राप्त गरिन् ।
यसैगरी वडा अध्यक्षमा १ मा कर्मा छेवाङ लामा, २ मा मिङ्मा दोर्जे लामा, ४ मा पेमा ग्यलपो लामा,५ मा कालेन छेवाङ लामा, ७ मा टसि दोर्जे लामा नेपाली काँग्रेसबाट र ३ मा रामकुमार गुरुङ ६ मा सरोज लामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर ६ का लामा यस अघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०७ : ३१
लेखकबाट थप