विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) वियी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय ७ हजार ८६१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले ७ हजार ४७४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी ८ हजार ४७४ मत प्राप्त गरी विजयी भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले ७ हजार २९९ मत प्राप्त गरेकी छिन् ।
६ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०७ : १४
लेखकबाट थप