काठमाडौं । रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र क्लिन स्विप’ गर्नबाट चुकेको छ । स्थनीय तह निर्वाचनको गएराति सम्पन्न मतगणनामा मुसीकोट नगरपालिकामा भने माओवादी केन्द्र पराजित बनेको हो।
जिल्लाका अन्य पालिकामा माओवादी विजयी हुँदा मुसीकोटमा सो पार्टीका उम्मेदवार १३ मतले पराजित भएका हुन् । मतगणनाको अन्तिम परिणमअनुसार नेपाली काँग्रेसका महेन्द्र केसी ६९१४ मतका साथ विजयी भए ।
यस्तै माओवादी केन्द्रका बसन्त कुमार शर्मा ६ हजार ९०१ मत ल्याएर पराजित बने । यी दुई उम्मेदवारबीचको मतान्तर मात्र १३ रहेको छ। यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका विमलकुमार पुन मगर ६१४० मत पाएर विजयी भए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ जेठ २०७९, ०६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै