हेटौंडा । मकवानपुरको विभिन्न गाउँपालिकाबाट निर्वाचित अध्यक्षहरूलाई शपथ ग्रहण गराइएको छ । बिहीबार एक कार्यक्रमकाबीच मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामा, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलाई मुख्य निर्वाचन अधिकृत श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएका सपथग्रहण कार्यक्रमकामा बागमती प्रदेश सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरको १० वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको मतगणना जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ जेठ २०७९, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने