स्थानीय तह निर्वाचन

भरतपुर महानगर अपडेटः रेनु दाहालले लिइन् ३ हजार २९१ मतको अग्रता

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १६ : ५८
भरतपुर महानगर अपडेटः रेनु दाहालले लिइन् ३ हजार २९१ मतको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४२ हजार ७५० गणना हुँदा अग्रता थप बढाएकी छन् ।

उनले १६ हजार ४८३ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदी १३ हजार १९२ मतका साथ पछिपछि रहेका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार २९१ रहेको छ । 

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ८०७ मत पाएका छन् । उपमेयरमा चित्रसेन अधिकारीले १९ हजार ६२   मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ६०१ मत पाएकी छन् । अहिले वडा नम्बर ९ को गणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस