शैलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कार्की विजयी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १६ : ५१
शैलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनका श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कार्की विजयी

दोलखा।शैलुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका रिमाल बाबु श्रेष्ठ र उपाध्यक्षमा एमालेकी पार्वती कार्की विजयी भएका छन्।भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका श्रेष्ठ र उपाध्यक्षमा एमालेकी कार्की विजयी भएका हुन्।

अध्यक्ष श्रेष्ठले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनबहादुर तामाङलाई ८८ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन्। श्रेष्ठले ४ हजार ९ सय १८ मत प्राप्त गरेका छन् भने पराजित तामाङले ४ हजार ८ सय ३० मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्ष कार्की निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका दावा दोर्जे लामालाई ३ सय ९४ मतको अन्तरले पराजित गर्दै विजयी भएकी हुन् कार्कीले ५ हजार १ सय ३५ मत प्राप्त गरेकी छिन् भने पराजित लामाले ४ हजार ७ सय ४१ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस