बारामा हातहतियारसहित दुई युवक समातिए

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ११ : ०८
बारामा हातहतियारसहित दुई युवक समातिए

काठमाडौं । बारामा हातहतियारसहित दुई युवक पक्राउ परेका छन् । निजगढ नगरपालिका–११, रतनपुरबाट एकथान कटुवा पेस्तोल, फलामको दाउ, फलामको पाइप दुईथान, रड र नकसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय रुद्र कुँवर र २० वर्षीय शिव कुँवर रहेका छन् । गएको मंगलबार दिउँसो प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।दुवैजनाले हातहतियार बोकी गाउँघरमा हिँडिरहेका सूचनापछि खटिएको  प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त हातहतियार फेलापरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस