फिदिम नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, ०६ : ५७
फिदिम नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी केन्द्र विजयी

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।  प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन् । काफ्लेले ९ हजार ८५५ मत प्राप्त गरे ।

उनले निकटतम प्रतिद्वन्द्वी  एमालेका पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित भएका छन् ।  लावतीले ९ हजार २८० मत प्राप्त गरे । प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता समाजवादी पार्टीका विष्णुकुमार लावतीले २७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउकुमार नेम्वाङले ७७ मत र राष्ट्रिय जनमुक्ति पार्टीका सनम तुम्बापोले २६ मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने ९ हजार ३६ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद थापा मगरले ५ हजार ६४३ मत प्राप्त गरे । जनता समाजवादी पार्टीकी भावना सुब्बाले ५३५, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनिता केरुङले १९५ र नेकपा (माले) की पुण्यमाता घिमिरेले ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फिदिम नगरपालिकामा कांग्रेस र एमालेबाट समान चार÷चार वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले वडा नं १, २, ११ र १२, कांग्रेसले वडा नं ३, ५, ७ र ९, माओवादी केन्द्रले वडा नं ८, १३ र १४, राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं ४ र १० मा जित हासिल ग¥यो । वडा नं ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।   

प्रतिक्रिया दिनुहोस