उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १३ : १८
उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर  । उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार मोरङको विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाईँ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल विराटनगर लगिएको छ ।बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस