चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, ०८ : ३३
चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् ।

यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।

उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस