एजेन्सी । उत्तर कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ। सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् । तीमध्ये १७०,४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको समाचार एजेन्सीले राज्य आपतकालीन महामारी रोकथाम मुख्यालयलाई उद्धृत गर्दै जनाएको छ ।
अप्रिलको अन्त्यमा देशमा ज्वरोको प्रकोप भएदेखि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेका छन् भने ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् भने मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
मङ्गलबारको अर्को रिपोर्टमा समाचार एजेन्सी केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको र २४ सै घण्टा सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको बताएको छ।
केन्द्रीय आपतकालीन महामारी रोकथाम क्षेत्रले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुन: सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ।
साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन्।प्योङयाङले बिहीबार देशको पहिलो कोभिड-१९ सङ्क्रमणको पुष्टि गर्दै देशव्यापी तालाबन्दी घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०३ जेठ २०७९, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया
रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा