बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेपछि मतगणना रोकिएको छ।
मतगणनामा खटिएका कर्मचारीले बदमासी गरेर नेपाली कांग्रेसले पाएको खास मतलाई घटाएको पाइएपछि मतगणना रोकिएको हाे।मतगणनास्थल अहिले तनावग्रस्त छ। कांग्रेसका कार्यकर्ताले मतगणनामा बदमासी गर्नेलाई कारबाही गरिनुपर्ने र स्वतन्त्र व्यक्ति सहभागी गराइनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन्।मतगणनामा एमाले निकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई हराउने योजनाका साथ लागेको आरोप लगाएको छ।
निर्वाचन अधिकृतको कार्यालय तिलोत्तमाले नै गणनामा गडबडी भएको पाइएको भन्दै मतगणना स्थगित गरेको हाे।गणनामा खटिएका कर्मचारी गणेश गौतमले बदमासी गरेर एमालेको १४ मतलाई ४१ मत बनाइदिएको कांग्रेसको आरोप छवडा न २ को गणनामा एमालेले पाएको वास्तविक ५९ मतलाइ ९५ भनेर टिपाइएको पाइएको छ।
आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेका बेला विवादभएको हो। अहिले सर्वदलीय बैठक बसेर विवाद समाधान गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत माधव प्रसाद लोहनीले जानकारी दिए।उनका अनुसार ५९ र १४ मतपरिणामबारे दलहरुबीच सहमति गरेर अहिलेसम्मको नतिजा प्रकाशन गर्ने र मतगणना अघि बढाइनेछ।
मतगणनामा तिलोत्तमाकै कर्मचारी खटाउने या नखटाउने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १२ : २१
लेखकबाट थप