आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ११ : ३७
आँबुखैरेनीको अध्यक्ष र उपाध्यक्षमा माओवादी  विजयी

तनहुँ ।तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन। 

अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन ।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरेका छन्। उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन। प्रतिस्पर्धी  कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गरे। 

छ वटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको छ। कांग्रेसले वडा नं ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नं ६ मा विजय हासिल गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस