प्रधानमन्त्री देउवा भाईको निधन पश्चात लुम्बिनीबाट फर्किए, आर्यघाटमा अन्तिम संस्कारको तयारी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, १० : २४
प्रधानमन्त्री देउवा भाईको निधन पश्चात लुम्बिनीबाट फर्किए, आर्यघाटमा अन्तिम संस्कारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भाई प्रेमबहादुरको निधनको खबर पश्चात आज लुम्बिनीबाट फर्केका छन् ।  उनको भाई प्रेमबहादुरको आज निधन भएको हो । अहिले बिहान ११ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कारको कार्यक्रम राखिएको छ ।

हिजो लुम्बिनीमा आयोजित विभिन्न धार्मिक कार्यक्रममा प्रधानमन्त्री देउवा निकै अस्थिर र तनावग्रस्त देखिन्थे । कार्यक्रम अवधिभरका अनेक अस्वाभाविक फोटो र भिडियो भाइरल भए तर, लामो समयदेखि वीर अस्पतालमा उपचाररत भाइको अन्तिम अवस्थाको खबरले उहाँ अनिदो र अस्थिर देखिएको आफन्तको भनाई छ । 

अस्ति अपरान्ह लुम्बिनी पुग्नुभएका प्रधानमन्त्री राति अबेरसम्म सुत्न नपाउनुको यौटा कारण यो पनि थियो । राति अबेरसम्म मन्त्री र सचिवको बृफिङ्ग, छ वटा सम्झौताको तयारी, भारतीय दूतावासका कर्मचारीहरुको आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम तालिकासम्बन्धी जाहेरी जस्ता कारणले होटलमा राम्रोसँग निदाउन नपाएको र यता भाइको स्वास्थ्य अवस्था खस्कँदै गएका कारण उनी हिजो आयोजित धार्मिक कार्यक्रममा निकै बेचैन देखिएका थिए । 

लुम्बिनीको बारेमा भारतीय पक्षबाट बेलाबखत नकारात्मक टिप्पणी हुँदै आएको सन्दर्भमा हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतमबुद्धको जन्मस्थान लुम्बिनी नै हो भनिदिएपछि तत्काललाई उक्त विवादको अन्त्य भएको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस