जुम्ला । जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । धितालले कांग्रेसका नन्दराम बुढालाई ११८ मतान्तरले पराजित गरेका हुन् ।
उनी १ हजार ९४९ मतसहित विजयी हुँदा कांग्रेसका बुढाले १ हजार ८३१ मत मात्र पाए । उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९५६ मतसहित विजयी भएकी छन् । कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत मात्र पाइन् ।
सिंजा गाउँपालिका ६ हजार १९५ मत खसेको थियो । ०७४ को निर्वाचनमा कांग्रेसबाट देवलसिंह रावल अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्षमा एमालेका जन्माकन्या खत्री विजयी भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ०९ : ३१
लेखकबाट थप