भरतपुर महानगर–४ को वडाध्यक्षमा गठबन्धनका काँग्रेस उम्मेदवार अर्पण पोखरेल विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०७ : २१
भरतपुर महानगर–४ को वडाध्यक्षमा गठबन्धनका काँग्रेस उम्मेदवार अर्पण पोखरेल विजयी

चितवन । भरतपुर महानगरपालिका वडा नं ४ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार अर्पण पोखरेल विजयी भएका छन् । 

पोखरेलले २५३० मत ल्याउदैं निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमेद्वार भानुभक्त सापकोटाले १६३३ मतमा चित्त बुझाए । 

यो सगै भरतपुरको अहिले सम्म चार वटा वडाको मतगणना सकिएको छ । चारवटा मध्ये कांग्रेसले वडा नं. १ ,२ र ४ गरेर तिनवटा वडा  जितेको छ भने एमालेले वडा नंं. ३ जितेको छ ।

प्रतिक्रिया दिनुहोस