धनुषामा युवक झुण्डिएको अवस्थामा फेला

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : २७
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला

धनुषा । धनुषामा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। सोमवार बिहान मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवरमा स्थानीय अन्दाजी २५ वर्षीय विनोदकुमार यादव झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत ढल्केवरस्थित रहेको मिथिला हार्डवेयरको पछाडिको बगैँचामा रूखमा पासो लगाएर झुण्डिएको अवस्थामा ती युवकको शव फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।

घटनास्थलको प्रकृति हेर्दा युवकले आत्महत्या नै गरेको देखिन्छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा प्रेम सम्बन्धको विषय बाहिर आएको हो।घटनाको थप अनुसन्धानका क्रममा दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं’‚ प्रहरी निरीक्षक सिंहले भने।

युवकको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इप्रका ढल्केवरले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस