धादिङ । धादिङमा हालसम्म ३८ वडाका टुङ्गो लाग्दा नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ११, नेकपा एमालेले ५ वटा वडामा अध्यक्ष जितेका छन्। एकीकृत समाजवादी र राप्रपाले ४/४, जसपाले एउटा र स्वतन्त्रले एउटा वडामा खाता खोल्न सफल भएको छ।
धादिङको सदरमुकामसमेत रहेका नीलकण्ठ-३ धादिङवेसीमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट बागी उम्मेदवार राजकुमार श्रेष्ठ नीलकण्ठ नगरपालिका-३ को अध्यक्षमा विजयी भएका हुन्। नेपाली कांग्रेसको पकड क्षेत्र मानिने नीलकण्ठ-३ मा कांग्रेसले टिकट नदिएपछि श्रेष्ठ गुलाब चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।
स्वतन्त्र उम्मेदवार श्रेष्ठले १ हजार ३३९ मत ल्याउन सफल भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपीकृष्ण भण्डारीले ६३९ मत पाए। नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार किरण पाठकले २४१ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नारायणकुमार श्रेष्ठले ३९५ मत ल्याउन सफल भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १४ : १६
लेखकबाट थप