हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर २ काे महादेव मावि मतदान केन्द्रको मतदान कार्य पुनः हुने भएको छ।
गत वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरीका आधारमा आयोगले सो मतदान केन्द्रको मतदान कार्य पुनः गर्ने निर्णय गरेको हो।मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुुसार उक्त मतदान केन्द्रको मतदान कार्य पुनः हुने भएको हो।
निर्वाचनको मिति कहिले गर्ने भन्ने निर्णय सम्वन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने र मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी र मतपत्र भने पठाउने छ।
उनले यसका लागि आयोगबाट पत्र समेत प्राप्त भएको बताए। मतदान कार्य पून सञ्चाल नगर्न गठबन्धन दलहरुका तर्फबाट अध्यक्ष पदका उम्मेदवार गोविन्द शाही, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग माग गरेका थिए।
स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै पुनः मतदान गर्न गठबन्धन दलले माग गरेका थिए।गठबन्धन दलहरुको मागमाथि छलफल गर्दा आयोग पुनः मतदान कार्य गराउने निष्कर्षमा पुगेको पाईएको हो।
सो मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मतमात्र खसेको थियो। ती पनि स्वतन्त्र उम्मेदवारका मात्र मत खसाल्न दिएको दावी गठबन्धन दलहरुले गर्दै आएका थिए।मतदान कार्यबाट ५१३ मत खस्न पाएको थिएन। दलहरुल ५६ दशमलव ६८ प्रतिशत मतदातालाई मतदान गर्नबाट बञ्चित भएकोले पुनः मतदान गर्न माग गरेका थिए।
मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितीलाई नियन्त्रणमा आठ राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो। मतदान अधिकृतसहित तीनजना घाईते भएका थिए।जसमा एक जना मतदान कार्यमा खटिएका कार्यालय सहयोगीका लागि रोकायाको हेलिकोप्टरबाट सुर्खेत उद्धार उपचार गर्नु परेको थियो।
झडप पछि पाँच घण्टा भन्दा बढी समय मतदान कार्य स्थगित भएको थियो। पुनः मतदान कार्य सुचारु भएपछि पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने वातावरण नै नभएकोले यस्तो अवस्था आएको सासद् छक्कबहादुर लामाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : २४
लेखकबाट थप