काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको नेतृत्व टुंगो लागेको छ।सोमबार बिहान सकिएको मतगणनामा कांग्रेस उम्मेदवारले मेयर पद जितेका हुन्। काठमाडौं जिल्लामा पालिकाको नेतृत्वको टुंगो लागेको यो पहिलो हो।अघिल्लो निर्वाचनमा पनि यो नगरमा कांग्रेसका बस्नेत नै निर्वाचित भएका थिए।
अन्तिम मतपरिणाम यसप्रकार छः
मोहन बस्नेत/कांग्रेस- ७२०१
श्रीराम आचार्य/एमाले- ५१९१
ज्ञानभक्त अमात्य/राप्रपा- ७९४
उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार नै विजयी भएका छन्। मत परिणाम यसप्रकार छः
बसन्ती तामाङ/कांग्रेस- ७६२३
इन्दिरा न्यौपाने/एमाले- ४८३०
उर्मिला केसी/राप्रपा- ७४२
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १२ : १६
लेखकबाट थप