रसुवा । मोटरसाइकल दुर्घटनामा परेर रसुवामा २ जनाको मृत्यु भएको छ। स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई बधाई दिन जाने क्रममा दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० का ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए।
उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाँदै थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ११ : ५४
लेखकबाट थप