हेलम्बुमा दोहोरिए निमा ग्याल्जेन

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १० : ४३
हेलम्बुमा दोहोरिए निमा ग्याल्जेन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली  कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका हुन्।  शेर्पाले ५३८५ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार दावा लामा ह्योल्मोलाई ७८२ मतान्तरले पछि पार्दै शेर्पाले जित हात पारे। उनी यस अघि पनि अध्यक्ष थिए। 

यस्तै उपाध्यक्षमा अप्सरा लामिछाने विजयी भइन्।  उनले ५२१४ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उम्मेदवार गङ्गा अर्याल खड्कालाई ७४३ मतान्तरले पछि पार्दै उनले जित हात पारिन्। लामिछानेले ५ हजार २ सय १४ मत प्राप्त गरिन् भने खड्काले ४ हजार ६ सय ७१ मत प्राप्त गरिन्। 

७ वटा वडा रहेको हेलम्बुमा काग्रेसले १, २, ४, ५ र ७ गरी ५ वटा वडा जितेको छ भने एमालेले ३ र ६ गरी दुई वटा वडा जितेको छ।

प्रतिक्रिया दिनुहोस