चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५० मतले पछि उछिन्दै एमाले उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । हाल सम्म १११०७ मतको परिणाम आउदा एमालेका सुवेदीले ३८७६ मत प्राप्त गरेका छन् । भने रेनु दाहालले ३८२६ मत प्राप्त गरेका छन् ।
दाहाल र सुवेदी बिच तिव्र प्रतिष्पर्धा देखिएको छ । सय मत गणनाको क्रममा कुनै बेला दाहालले अग्रता कायम गर्छिन् भने कुनै बेला सुवेदीले अग्रता हासिल गर्ने गरेका छन् । यस्तै काँग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार जगन्नाथ भण्डारीले १५२७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले ४३८३ मत प्राप्त गर्न सफल भएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ३०२२ मत प्राप्त गरेका छन् ।
त्यस्तै हाल गणना भईरहेको वडा नम्बर ३ को वडाध्यक्ष तर्फ एमालेका विकास थापाले १५५१ मत प्राप्त गरेका छन् भने काँग्रेसका भरत लामिछानेले ९७८ मत ल्याएका छन् । यो वडामा कुल ३ हजार २४४ मत खसेको छ । भरतपुर महानगरमा १ लाख २७ हजार ८३९ जनाले मतदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १० : ०१
लेखकबाट थप