धनुषा : धनौजी गाँउपालिकामा खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍यो हवाइ फायर

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०९ : ४०
धनुषा : धनौजी गाँउपालिकामा खसेको मत भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍यो हवाइ फायर

जनकपुर । धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएको भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी(१ लखौरी गाउँमा मतदानको मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएको थियो । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए । 

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाइ फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेको थियो । धनौजी–३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस