पोखरा महानगरको पहिलो नतिजा :  १ मा एमाले, २ मा कांग्रेस विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०८ : ४५
पोखरा महानगरको पहिलो नतिजा :  १ मा एमाले, २ मा कांग्रेस विजयी

पोखरा । पोखरा महानगरपालिका–१ मा एमाले र २ मा कांग्रेस विजयी भएको छ । १ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् ।

उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् । सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

पोखरा(२ मा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस