रोल्पा नगरपालिकाको मेयर माओवादीबाट सुरेन्द्र थापा विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : २९
रोल्पा नगरपालिकाको मेयर माओवादीबाट सुरेन्द्र थापा विजयी

रोल्पा । रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ । मतपरिणामअनुसार माओवादीका सुरेन्द्र थापा (घर्ती) मेयरमा निर्वाचित भएका छन् । विजयी सुरेन्द्रले ७ हजार ६०३ मतसहित विजयी भएका हुन् ।

यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत पाए । यस्तै उपमेयरमा माओवादी केन्द्रकै गीता आचार्य विजयी भइन् । उनले काँग्रेसकी पुष्पा श्रेष्ठलाई पराजित गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस