डडेलधुरा : नवदुर्गा गाउँपालिकामा काँग्रेस विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : २४
डडेलधुरा : नवदुर्गा गाउँपालिकामा काँग्रेस विजयी

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका उम्मेदवार लक्ष्मीप्रसाद अवस्थी  २ हजार ८७९ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

सो गाउँपालिकामा एकीकृत समाजवादीका कविन्द्र विष्ट २ हजार ६०६ मत पाएर पराजित भए  । सो गाउँपालिकामा काँग्रेसकै निर्मलाकुमारी बोगटी ३ हजार २०८ मत पाएर उपाध्यक्षमा विजयी भएकी छन् । एमालेका वीरबहादुर विष्टले ७७९ र मोओवादीकी विसनादेवी बोहराले ७०० मात्र मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस