एजेन्सी । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । राज्यको आधिकारिक समाचार समिति केसिएनएले आइतवार प्रकोप सुरु भएदेखि ४२ जनाको मृत्यु भएको बताएको छ । जसमा आठ लाख २० हजार ६२० ज्वरो देखिएको ती मध्ये तीन लाख २४ हजार ५५० चिकित्सा उपचार प्राप्त गरेपछि निको भएका बताइएको छ ।
यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएलगत्तै नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिनु भएको छ । उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका गत बिहीबार पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०१ जेठ २०७९, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया