जनकपुर उपमहानगर–१ मा काँग्रेसको क्लिन स्विप

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०८ : ०९
जनकपुर उपमहानगर–१ मा काँग्रेसको क्लिन स्विप

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपनारायण यादवले १ हजार १४३ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत  ल्याएका थिए । 
त्यस्तै सदस्यहरूमा मतिया देवी सादा मुसहर १ हजार १२२, शारदा पन्त १ हजार ११९, विजय कुमार साह ९५६ र मनोज कुमार पूर्वे ९२० मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस