जनकपुरधाममा ७ सय मतको गणना हुँदा कांग्रेसका बागी उम्मेदवार अगाडि

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ११ : ३५
जनकपुरधाममा ७ सय मतको गणना हुँदा कांग्रेसका बागी उम्मेदवार अगाडि

 जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले सुरुवाती अग्रता कायम गरेका छन् ।

अहिलेसम्म ७ सय मतको गणना हुँदा कांग्रेसका बागी उम्मेदवार मनोज साहले २३२ मत ल्याएका छन् । गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साहले भने ३४ मत मात्र ल्याएका छन् ।यस्तै नेकपा एमालेका शिवशंकर साह हिराले ९५, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतोले ५३, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज कुमार चौधरीले ४१ र स्वतन्त्र उम्मेदवार जानकीराम साहले २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस