काठमाडौंमा शुरू भयो मतगणना

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १० : १२
काठमाडौंमा शुरू भयो मतगणना

काठमाडौं  । काठमाडौं महानगरपालिकाको मतगणना शुरू भएको छ । बिहान ८ बजेबाट शुरू गर्ने भनिए पनि केहीबेर अघिबाट मात्रै मतगणना शुरू भएको हो । 

मतगणना वडा नं. १ र ३२ बाट शुरु गरिएको छ ।  मतगणनास्थलमा बस्ने दलका प्रतिनिधिको परिचयपत्र बनाउन ढिलाइ भएका कारण मतगणना समयमै शुरू हुन सकेको थिएन । 

काठमाडौं महानगरको मेयरमा एमालेबाट केशव स्थापित, गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंह, स्वतन्त्र उम्मेवार बालेन शाहलगायत उम्मेदवार छन् ।