स्थानीय तह निर्वाचन

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १७ : ४५
पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरा । पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । 

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने कांग्रेसले जितेका हुन् । 

अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राती १२ बजेसम्म सबै संकलन भइसक्ने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार बिहानबाट मात्रै मतगणना सुरु हुनेछ ।

twitter sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस