पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १६ : ५०
पोर्टो रिकोमा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

अमेरिकी प्रशासनमा रहेको क्यारेबियन सागरस्थित पोर्टो रिको टापुको तटमा डुङ्गा पल्टदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी तटरक्षक बलले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तट रक्षक बलले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएकाहरुमा  ११ महिला र २० पुरुष रहेका जनाइएको छ  । दुर्घटनाग्रस्त डुङ्गामा कति यात्रु सवार रहेका थिए भन्ने स्पष्ट छैन ।

पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारण लगायत विषयको अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस