काठमाडौं । हाम्रो आकाशगंगाको केन्द्रमा रहेको विशाल ब्ल्याक होलको पहिलो पटक दृश्यमा कैद गरिएको तस्वीर सार्वजनिक भएको छ ।
साजिटेरिअस ए ८ को रूपमा चिनिने यस अविश्वसनीय वस्तु सूर्यभन्दा चार लाख गुणा ठूलो छ । सार्वजनिक भएको तस्बिरमा एक ठूलो प्वाल रहेको र यसको बीच भाग अन्धकार भएको देखिएको छ । जसलाई अत्यधिक गुरुत्वाकर्षण बलद्वारा तातेको ग्यासबाट प्रसारित प्रकाशले घेरेको देखिन्छ ।
अनुमानित बुधको कक्षको आकारको यो गोलाकार करिब छ करोड किलोमिटर टाढा रहेको बताइएको छ । यो करिब २६ हजार प्रकाशवर्षको दूरीमा छ ।निकै टाढा भएकाले हामी ब्ल्याक होलले निम्त्याउने कुनै खतराको जोखिममा नभएको बताइएको छ ।
ब्ल्याक होलको तस्बिर इभेन्ट होराइजन टेलिस्कोप ईएचटी नामक अन्तर्राष्ट्रिय समूहको सहकार्यमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १६ : ४८
लेखकबाट थप