बाबुराम भट्टराईलाई कारबाही गरेरै छाड्छौँ : प्रमुख आयुक्त थपलिया

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १६ : २०
बाबुराम भट्टराईलाई कारबाही गरेरै छाड्छौँ : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबारे छानबिन सुरु भइसकेकाे बताएका छन्। अध्यक्ष भट्टराईले मतदान गरेको फोटो सार्वजनिक गरेपछि त्यसबारे आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख थपलिया भने, ‘बाबुराम भट्टराईको ट्वीट पढेँ। मैले आस्थाको व्यक्ति सोचेको थिएँ। फेसबुक र सामाजिक सञ्जालबाट बहिर आएको छ। म आश्चर्यचकित भएको छु। आयोगले उहाँहरुले बनाएको कानुन मान्ने हो।’

उनीमाथि छानविन गरी कानुनअनुसार कारबाही हुने पनि थपलियाले प्रष्ट पारे । कानुनमा मतदान गोप्य हुने बताए। अपाङ्गता भएको व्यक्ति र असक्त व्यक्तिबाहेक अरुले मतदान गर्ने ठाउँमा अन्य कोही लिएर जान नपाउने बताए। 

उनले भने, ‘मतदान गर्ने ठाउँमा एकजनाले भोट हालेर अर्कोले खिच्नु कानुन र सिद्धान्त बाहिर कुरा हो। आचारसंहिता विपरित काम गरेको भए कारवाही गछौँ। उहाँले गरेको हुनुहुन्न भन्ने विश्वास गरेको छु। तर गरेको प्रमाणित भए कारवाही हुन्छ। संविधान र कानुन भन्दो कोही माथि हुन सक्दैन।’

आयोगले २४ घण्टे स्पष्टिकरण सोधिसकेकाले जवाफ आएपछि अगाडि बढ्ने बताए। उनले आजै निर्वाचन सम्पन्न गर्ने प्रयत्न जारी राखेको समेत बताए। छिटपुट बाहेक केही ठाउँमा स्थगित गरेको भएपनि त्यस्ता ठाउँमा मिलाउने प्रयास भइरहेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस