भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १६ : १५
भक्तपुरमा ६५ प्रतिशत मत खस्यो

 भक्तपुर  । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्द्रपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

 दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिए । बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ ।जिल्लामा कूल एक लाख ८९ हजार ५८४ मतदाता छन् । जसमध्ये भक्तपुर नगरपालिकामा ५७ हजार २७०, चाँगुनारायण नगरमा ४३ हजार १०४, सूर्यविनायक नगरमा ४७ हजार ३६७ र मध्यपुर थिमी नगरमा ४१ हजार ८४३ जना छन् । 

प्रतिक्रिया दिनुहोस