म्याग्दीमा मध्यान्हसम्म ६२ प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १६ : ००
म्याग्दीमा मध्यान्हसम्म ६२ प्रतिशत मत खस्यो

काठमाडौं  । स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला म्याग्दीमा दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मत खसेको छ।जिल्लाको एउटा  नगरपालिका र  ५ गाउँपालिकाका ४५ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख  भीमप्रसाद घिमिरेले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिइरहेको जानकारी दिए। जिल्लाका ७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए। उनका अनुसार भोलि बिहानदेखि मतगणना हुनेछ।

प्रतिक्रिया दिनुहोस