काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीविरुद्ध गृहनगर सुनसरीमा नाराबाजी भएको छ।शुक्रबार मन्त्री कार्की मतदानका लागि गृहनगर सुनसरीको बराह क्षेत्र नगरपालिका पुगेका थिए। नगरपालिकाको वडा नम्बर ६ को मतदान स्थल मा मतदान गर्नका लागि जाँदा केही युवाहरुले नाराबाजी गरेका थिए।
एमसीसी मुर्दावाद, ज्ञानेन्द्रबहादुर कार्की मुर्दावाद लगायत नारा लगाएका थिए। केहीबेरको तनावपछि प्रहरीले भीड नियन्त्रण गरी कार्कीलाई मतदान गर्न लगाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १४ : १५
लेखकबाट थप