काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड चालु आर्थिक वर्षको तेस्रा त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले २.३६ प्रतिशतले घटेर ३४ करोड २६ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधि कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको कुल बीमा शूल्क १३.६२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ११ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड २४ हजार रुपैयाँ कुल बीमा शुल्क रहेको छ ।चैत मसान्तसम्मको अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ९.७४ प्रतिशतले बढेर ८९ करोड ८० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल दाबी भुक्तानी ८१ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनी जगेडा कोष ८.८० प्रतिशतले घटेर ६२ करोड २२ लाख ५१ हजार रुपैयाँ, चुक्तापूँजी १५.५० प्रतिशतले बढेर १ अर्ब ५२ करोड १६ लाख ३४ हजार रुपैयाँ, बीमा कोष २६.१६ प्रतिशतले बढेर १ अर्ब २७ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीकाने प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०२ पैसा र प्रतिशेयर नेटवर्थ २३० रुपैयाँ ०५ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा: मन्त्री बडू
नागरिकका सुझावः ‘आइपीओ निःशुल्क भर्नेदेखि व्यक्तिगत आयकरको सीमा ८ लाखसम्म’
गौतमबुद्ध विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण
दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति
लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
जलविद्युत् कम्पनी गाभिँदै, रिडी र रैराङ हाइड्रोपावरबीच सम्झौता