काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीको खुद नाफा ४२.८३ प्रतिशतले बढेर १३ करोड ३८ लाख १४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क २० प्रतिशतले बढेर १ अर्ब ७४ करोड २७ लाख ३९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही १ अर्ब ४४ करोड ८७ लाख २१ हजार रुपैयाँ रहेको छ ।चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २०६.०९ प्रतिशतले बढेर २६ करोड ३ लाख ३२ हजार रुपैयाँ रहेको छ । गत आर्थिम वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ करोड ५० लाख ५१ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७८ प्रतिशतले बढेर ३६ करोड ८१ लाख ९८ हजार रुपैयाँ, महाविपत्ती कोष ७०.७७ प्रतिशले बढेर ३ करोड ८९ लाख ३६ हजार रुपैयाँ, जीवन बीमा कोष ६२.७८ प्रतिशतले बढेर ३ अर्ब १३ करोड १० लाख ६५ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ३०.६३ प्रतिशतले बढेर २४ करोड ४२ लाख १६ हजार रुपैयाँ र अभिकर्ता कमिशन १४ प्रतिशतले बढेर २८ करोड ७२ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले प्रतिशेयर आम्दानी ८ रुपैयाँ ९२ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १४ : १७
लेखकबाट थप