चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइएमई जनरल इन्स्योरेन्सको वित्तीय विवरण कस्तो

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : ५०
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइएमई जनरल इन्स्योरेन्सको वित्तीय विवरण कस्तो

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चालु आथिक वर्ष २०७८।७९ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कुद बीमा शुल्क आम्दानी १२.६३ प्रतिशतले बढेर १ अर्ब २८ करोड ६१ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको १ अर्ब १४ करोड १८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १.८१ प्रतिशतले बढेर ५२ करोड ७६ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ५१ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ ।चैत मसान्तसम्मको अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ११.६४ प्रतिशतले बढेर २२ करोड १४ लाख ६२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १९ करोड ८३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले खुद नाफा १०.८४ प्रतिशतले घटेर १६ करोड ८१ लाख ५ हजार रुपैयाँ, जगेडा कोष ७.०४ प्रतिशतले बढेर ३२ करोड ३९ लाख ८९ हजार रुपैयाँ, बीमा कोष २२.३५ प्रतिशतले ५५ करोड ४५ करोड ५१ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ३६.२७ प्रतिशतले बढेर १८ करोड ८४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमान कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रति शेयर नेटवर्थ १७५ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस