खेर्सनका प्रशासकहरूले रुसमा मिसिनका लागि पुटिनसमक्ष निवेदन दिने

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : ११
खेर्सनका प्रशासकहरूले रुसमा मिसिनका लागि पुटिनसमक्ष निवेदन दिने

काठमाडौं । युक्रेनको दक्षिणी भागमा रहेको खेर्सन क्षेत्रको नागरिक–सैन्य प्रशासनले रुसमा मिसिनका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष निवेदन दिने सोच बनाएको बताएका छन् । 

रुसमा मिसिए पनि खेर्सनलाई बेग्लै संवैधानिक क्षेत्र बनाउनुपर्ने उनीहरूको माग छ । त्यस्तै क्राइमियाका उपप्रधानमन्त्री जर्जी मुरोदोभले युक्रेनको नियन्त्रणबाट मुक्त भूभागहरू बेग्लै क्षेत्रका रूपमा रुसको भूभाग मानिनुपर्ने बताएका छन् । 

पहिले युक्रेनबाट मुक्त गरिएका भूभागलाई क्राइमियामा मिसाउनुपर्ने आवाज उठेको थियो । कि टौरिडा प्रान्त, कि त क्राइमियन फेडरल डिस्ट्रिक्ट बनाउनुपर्ने माग थियो । यो प्रक्रिया कुन फर्म्याटमार्फत पूरा गर्ने भन्ने स्पष्ट छैन । खेर्सन जनगणतन्त्र बनाउने कि जनमतसंग्रह गरेर रुसमा मिसिने अवसर दिने भन्ने स्पष्ट छैन । वस्तुगत रूपमा खेर्सन र जापोरोझ्ये क्षेत्रहरू रुसमा मिसिने प्रक्रिया शुरू भइसकेको छ । 

युद्ध जति लम्बिँदै जान्छ, युक्रेनले त्यति नै आफ्नो भूभाग गुमाउँदै जान्छ । फेब्रुअरी २४ अघि युक्रेनले डोनबासका केही भाग मात्र गुमाउने स्थिति थियो । तर त्यस मितिपछि उसले पूरै डोनबास गुमाउने भएको छ । त्यसबाहेक पनि उसले दुई थप क्षेत्रहरू गुमाउने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस