जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका उमेदवार ४ घन्टा प्रहरी नियन्त्रणमा

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, ११ : २१
जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका उमेदवार ४ घन्टा प्रहरी नियन्त्रणमा

काठमाडौं । बाराको जीतपुर– सिमरा उपमहानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई पक्राउ गरेको हो । उनलाइ झडप गराएको आरोपमा पक्राउ गरिएको उपमहानगरको स्याउली चोकमा महिला मतदाताहरु बसिरहेको स्थानमा कँडेल पुगेर गाली गलौज गरेकाे र प्रतिकारमा उत्रनेहरुसँग झडप हुने स्थिति सिर्जना भएको थियो । झडपको स्थिति भए पछि प्रहरीले कँडेललाई नियन्त्रणमा लिएको थियो ।

कँडेललाई उनकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमरा ले जनाएको छ ।नियन्त्रणमा रहेका कँडेललाई ४ घन्टा पछि प्रहरीले रिहा गरेको छ।

प्रतिक्रिया दिनुहोस