माेरङमा बम विस्फाेट

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १० : ३१
माेरङमा बम विस्फाेट

काठमाडौं ।मोरङको मिक्लाजुङ गाँउपालिकामा बुधबार मध्यरात विस्फाेट भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार भौगोलिक रूपमा अति विकट रहेको गाउँपालिका १ मा विस्फाेटकाे आवाज सुनिएको हो।सोही गाँउपालिकाको बर्खेमा बिहीबार बिहानीपख बमजस्तो शंकास्पद वस्तुसमेत फेला परेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सोही स्थानमा राति बम विष्फोट गराइएको हो। स्थानीय सरस्वती आधारभूत विद्यालय नजिकको क्षेत्रमा प्रेसर कुकर भेटिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।विद्यालयबाट करिब ४० मिटरको दुरीमा प्रेसर कुकरमा खतरा संकेतसहित विद्युतीय तारहरू निकालिएको अवस्थामा सडकमा भेटिएको उनको भनाइ छ।

घटनास्थललाई घेरबार गरी सुरक्षित राखिएको र नेपाली सेनाको बम निष्क्रिय टोली त्यसतर्फ जाँदै गरेको बताइएको छ।विद्यालयका शिक्षक मदन श्रेष्ठले सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर भेटिएपछि प्रहरीलाई खबर गरिएको बताए।

श्रेष्ठले राति करिब ११ देखि १२ बजेको समयमय ठूलो आवाजसहित विष्फोट भएको आवाज सुनिएको जानकारी दिए।प्रहरीका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट करि

प्रतिक्रिया दिनुहोस